कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

३० चैत, काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिका -११ को सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । कडायतको शव फेला परेको प्रहरीले बताएको छ । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।