सिद्धबाबा मन्दिरनजिक गुडिरहेको कारमाथि खस्यो ढुंगा

चैत्र, ३० काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा मन्दिरनजिक सडकमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ ।
आज बिहान बुटबलबाट पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारमाथि ढुंगा खसेको छ । कारमा ढुंगा खस्दा त्यसमा सवार गणेश गैरे घाइते भएका छन् । कारमा ढुंगा खस्दा कारको अगाडिको भागमा क्षति पुगेको राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय, बुटवलले बताएको छ ।