Yeti Khabar

२०८२ बैशाख १२, शुक्रबार - Fri Apr, 2025 - ७ : १७ : ५१

अमेरिकाद्वारा स्मार्टफोन र कम्प्युटरको नयाँ महसुलमा छुट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन, कम्प्युटर केही विद्युतीय सामग्रीहरूलाई नयाँ लगाइएको उच्च आयात महसुलबाट छुट दिएको जनाएको छ ।

यो निर्णयले चीनबाट आयात हुने विद्युतीय सामग्रीहरूमा लगाइएको १२५ प्रतिशतसम्मको महसुल लागू नहुने भएको खबर बीबीसीले उल्लेख गरेको छ । अधिकांश देशहरूमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी महसुल पनि यस्ता सामानहरूका लागि लाग्ने छैन ।

अमेरिकी सीमाशुल्क र सीमा सुरक्षा विभागले सूचना प्रकाशित गर्दै यो छुटको घोषणा गरेको हो । विज्ञहरुले यो निर्णयपछि प्रविधि उद्योगका लागि राहत पुग्ने विश्वास गरेका छन् । एप्पल, माइक्रोसफ्ट, एनभिडिया लगायतका कम्पनीहरूले यो निर्णयको स्वागत गरेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com