नुहाउने क्रममा गुल्मीमा नदीमा डुबेर बालकको मृत्यु

बैशाख, २ काठमाडौं । गुल्मीमा नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्युभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर सोमबार मृत्युभएको प्रहरीले बताएको छ ।
नदीमा नुहाउन क्रममा कुमाल पानीमा डुबेको थाहा पाएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताउनुभयो ।