घट्यो सुनको मूल्य

बैशाख, २ काठमाडौं । आइतबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही घटेको छ । आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १७ सय रुपैयाँ घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।