Yeti Khabar

२०८२ बैशाख ३, बुधबार - Wed Apr, 2025 -

सुडानकाे शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, चार सय जनाभन्दा धेरैको ज्यान गयो

काठमाण्डौ – सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा चार सयभन्दा धेरै मानिसको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो । पछिल्लो समय आरएसएफले सुडानमा आक्रमण तीव्र बनाएको बीबीसीले जनाएको छ ।

यसअघि गएको हप्ता आरएसएफले अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण पनि गरेको थियो । आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम बढ्दो छ ।

सुडानमा डार्फर क्षेत्र नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ ।  २०२३ अप्रिलदेखि यी दुईबीच शक्तिको लागि ठूलो युद्ध भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com