Yeti Khabar

२०८२ बैशाख ३, बुधबार - Wed Apr, 2025 -

पौडी खेल्न गएका २ बालक बेपत्ता

बैशाख, ३ काठमाडौं । पौडी खेल्न नारायणी नदीमा गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एउटै घरका २ जना बालक बेपत्ता भएका छन्। हिजो दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएको वडाध्यक्ष कान्ताप्रसाद कुमालले बताउनुभयो ।

बेपत्ता भएका बालकहरु एउटै परिवारका २ भाइका छोरा हुन्। विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए। घरबाट २ किलोमिटर टाढा मध्यविन्दु नगरपालिका– १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए। उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com