Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

पाकिस्तानबाट १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिक स्वदेश फिर्ता

पाकिस्तानले पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जानकारी दिएको छ ।

आईओएमका अनुसार सन् २०२५ को अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट अफगानी नागरिक देश फर्किएका छन् । आईओएमले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

सन् २०२३ सेप्टेम्बरयता पाकिस्तान र इरानबाट झन्डै २४ लाख ३० हजार अफगान नागरिक फर्किसकेका छन् जसमा धेरैजसो बाध्य भएर फर्कनुपरेको आईओएमका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पाकिस्तान सरकारले सन् २०२५ मा झन्डै ३० लाख अफगानी नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com