उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द

बैशाख, ४ काठामाडौं । शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन्। शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ। जसको प्रभाव उपत्यकासहित देशभरको सामुदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरू भए पनि भर्ना कार्यक्रम सुरू हुन सकेको छैन।
महासंघले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौं आउन उर्दी नै जारी गरेको छ। महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरूपमा बन्द भएको छ।