Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिना पर्दा सयौं गाडी र घरका झ्यालका सिसा फुटे

पाकिस्तान र अफगानिस्तानमा अचानक परेका ठूलठूला असिनाले विनाश गरेको छ । पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा असिनाले सयौं गाडी र घरका झ्यालका सिसा फुटेका छन् ।

इस्लामाबादका बासिन्दाले जीवनमा यति ठूला असिना पहिलो पटक देखेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो  । त्यहाँ धेरै ठूलो पानी पनि परेकाले  लन्डी कोटल क्षेत्र डुबानमा परेको छ । धेरै गाडी पानीमा बगेका छन् । असिनापानीका कारण धेरै कारका सिसा फुटेका भीडीओ र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com