डिजिटल सेवा कर लगाउने देशलाई अमेरिका र इटालीको संयुक्त चेतावनी

अमेरिका र इटालीले डिजिटल सेवामा विभिन्न देशले लगाएको करविरुद्ध संयुक्त चेतावनी दिएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गर्नुभएकोमा अमेरिका र इटालीले पुनः संयुक्त विज्ञप्तl निकालेर चेतावनी दिएका बीबीसीले जनाएको छ ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँगको भेटपछि डिजिटल सेवा कर पक्षपाती प्रावधान भएको ठहरसहित संयुक्त jक्तव्य जारी गर्नुभएको हो ।
ट्रम्पले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडालगायत देशमाथि अनुसन्धान शुरू गर्न र प्रतिक्रियात्मक कर प्रस्ताव गर्न दुई महिनाअघि आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिनुभएको थियो । गुगल, फेसबुक, एप्पल, अमेजनजस्ता ठूला अमेरिकी प्रविधि कम्पनीप्रति लक्षित सेवा कर अमेरिकाका लागि चिन्ताको विषय बनेको छ ।
नेपालले पनि प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी लगाउँदै आएको छ । भारतले सन् २०१६ देखि ६ प्रतिशत डीएसटी लगाउँदै आएकोमा ट्रम्पले विरोध गरेपछि खारेज गरेको छ । एजेन्सी