एकैदिन ६ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

बैशाख, ९ काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य २ लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ६ हजार ९०० रुपैयाँले बढेको महासंघले बताएको छ ।
महासंघका अनुसार आज सुन आज १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। यो मूल्य हाल सम्मैकै उच्च हो। यस्दै आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।