Yeti Khabar

२०८२ बैशाख १५, सोमबार - Mon Apr, 2025 -

काठमाडौं महानगरमा आज विदा

बैशाख, १४ काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ। हिजो प्रशासन विभागले सूचना जारी गर्दै आज शोक बिदा दिने बताएको छ ।

उनको शुक्रबार राति दिन निधन भएको थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

विसं २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो।

काठमाडौँ पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उनले प्रजातन्त्रबादीका तर्फबाट उम्मेदवारी दिएर विजय हासिल गरेका थिए।

उपप्रधानपञ्चका रुपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com