Yeti Khabar

२०८२ बैशाख १५, सोमबार - Mon Apr, 2025 -

टीआरसीको संक्षिप्त नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान

वैशाख, १५ काठमाडौं । संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगका सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावलीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन नाम छनोट तथा सिफारिस समितिले आह्वान गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको सिफारिस समितिले ती नामावलीप्रति प्रतिक्रिया दिन भनेको हो ।

प्रतिक्रिया जनाउने समयअवधि यही वैशाख २० गते ५ बजेसम्म छ । सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रुपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो ।

यसअघि यी दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका १११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको नाम छनोट तथा सिफारिस समितिले संक्षिप्त सूचीमा परेकाहरुको प्रस्तुतीकरणको प्रक्रिया पनि सँगै अघि बढाइएको छ । प्रस्तुतीकरण वैशाख २४ गतेदेखि सुरु भई २६ गते सकिने छ ।

हेर्नुहोस् नाम सिफारिस समितिको सूचना–

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com