Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

जनताको मुद्दामा टेकेर सिंहदरबारको यात्रा तय गर्छौं :रवि

साउन,२० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकले भोगेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका छन्।
दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले नागरिकले दैनिक जीवनमा भोगेका सबै समस्याहरू नै आफ्नो पार्टीको मूख्य एजेण्डा भएको बताएका हुन्।

उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको यात्रा तय गर्ने बताए। उनले भने, ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौं।’

उनले अरु पार्टीले जस्तो घोषणा पत्रमा मात्र आफ्नो एजेण्डा सिमित नगर्ने बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com