मोतिपुरको हिरासतबाट भागेकाआरोपी पक्राउ
साउन,२४ काठमाडौं । बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।
बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले बताए ।