Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल, बच्चाको कपडा पनि बेचेपछि सिल

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारीलगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको टोलीले आज बुधवार चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल एवम् बच्चाको कपडा आदिसमेत बिक्री गरेको पाएसँगै सिल गरेको हो ।

ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भन्नुभयो, ‘नाम एउटा काम अर्को गर्ने भएसँगै कारबाही गरियो ।’ त्यो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ ।

यसैगरी अनुगमन टोलीले आजै पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार रुपैयाँ जरिबाना गराएको छ । त्यो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही, दुनोट र स्यान्डबिचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण त्यो मूल्य बराबरको रकम तिराएको पन्तले सुनाउनुभयो । ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो मङ्गलवार जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएको बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com