थप २६३ जनामा कोरोना संक्रमण पुष्टि
साउन,२८ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीन हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार एक हजार ३९९ जनाको पिसिआर र एक हजार ७६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
सो परीक्षण गर्दा १६२ जनाको पिसिआर र १०१ जनाको एन्टिजेन विधिबाट संक्रमण देखाएको हो। योसँगै देशभर पाँच हजार ४३४ जना सक्रिय संक्रमित छन्।