सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्छौ :मेयर बालेन
काठमाडौं महानगरपालिका मेयर बानेन शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएको छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनमा समस्या भएको भन्दै जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएका हुन्।
‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ। हामी प्रहरीसँग सहकार्य गरेर सिसीटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौ’, मेयर शाहले भने,‘लगभग आजसम्ममा काठमाडौंको सबै फोहोर उठिसक्छ। अब सबै सफा भएपछि बाटोमा फोहोर फाल्ने को रहेछन्। पत्ता लगाएर कारबाही गर्छौ।’