Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी ठाउँमा नाम समावेश भएमा नाम सच्याउनका लागि भोलिदेखि आउँदो बुधवारसम्मको समय तोकिएको छ । यस्तै, ज्यान गुमाएका र नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन भोलिदेखि बिहीवारभित्र निवेदन दिइसक्नु पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावली अद्यावधिक भएपछि आउँदो ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसअघि चुनावमा ज्यान गुमाएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।

सरकारले गएको साउन १९ गते चुनावको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको थियो । चुनावको अघिल्लो दिन १८ वर्ष पूरा भएकाले चुनावमा मतदान गर्न पाउने छन् । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ। उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com