गोलबजारमा करेन्ट लागेर बुबाछोराको मृत्यु
भदौ,१६काठमाडौं । सिरहाको गोलबजारमा करेन्ट लागेर बुबाछोराको मृत्यु भएको छ। इनारभित्र जडान गरिएको मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर गोलबजार नगरपालिका –६ बस्ने बिजय साह र उनका छोरा अमर साहको मृत्यु भएको हो।
आज दिउँसो पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला विजयलाई करेन्ट लागेपछि बचाउन पुगेका छोरा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। बुबाछोराको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।