बारामा आइतबार मतदान हुने कांग्रेस सभापति चयनमा
नेपाली कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि भोली दोस्रो चरणको मतदान हुने भएको हो । आज तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको हो।
शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको छ । भोली विहान ८ बजेदेखि मतदान गर्ने तयारी गरेको छ ।पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् ।