अरिङ्गालले टोक्दा २ जना बिरामी
भदौ,१९ काठमाडौं । अरिङ्गालले टोक्दा काठमाडौंमा २ जना बिरामी भएका छन्।
हिजो बेलुकी शंकरापुर नगरपालिका वडा नम्बर २ पटापमा अरिङ्गाल पोल्ने क्रममा टोक्दा २ जना बिरामी भएका छन्।
३० वर्षका सुमन तामाङ र २० वर्षका सन्तबहादुर तामाङलाई अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ।