म्याद थप्न लगिएका बन्दी शौचालयको झ्यालबाट फरार
भदौ,२३ काठमाडौं । दाङ जिल्ला अदालतबाट प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी फरार भएका छन् ।
घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा आज बेलुकी ५ बजेतिर जिल्ला अदालतबाटै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतले बताउनु भयो ।
फरार भएका विश्वकर्मा सुन चोरी अभियोगमा हिजो पक्राउ परेका थिए । भित्र न्यायाधीशसमक्ष उपस्थित गराउने क्रममा विश्वकर्मा शौचालय गएका थिए । त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेका डीएसपी गौतमले बताउनुभयो ।