नाबालिगलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
असोज,१ काठमाडौं । १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका(१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।