माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बस्दै
भदौ,३ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।
समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले जानकारीदिए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।
समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।