बैतडीमा घर भत्किँदा एक जनाको मृत्यु
असोज,४ काठमाडौं । घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताउनु भयो ।
माटोको छानो भएको घर एक्कासी हिजो राति दुई बजेतिर घर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको हो । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँएको हो । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।