खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने सपना
नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन। उनि बोल्न र हातले केही पनि गर्न सक्दैनन्। तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन्।
पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ। उनले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्छन्। उनका बुबा मनबहादुर खाम्चा भन्छन्। , कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो।
अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ। खुट्टाको सहायताले उनले कक्षा १२ कक्षा उत्तिर्ण गरे। अब उनि उच्चशिक्षा हासिल गर्ने सुरसारमा छन्। सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ। उनि भन्छन्। छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो।
यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ। अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढेका उनि अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसकेका छन्। अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने, उनले भने।
अवस्था सहज भने छैन। उनका परिवारको चार सन्तानमध्ये उनि माइलो हुन। आठ वर्षसम्म ओछ्यानमा बिताएका यमले आफ्नो आवाज अरूसामु पुर्याएको देख्दा आमा योगमाया औधी खुसी छिन्।
योगमाया भन्छिन्, ,मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ। जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने रु। छोराको भविष्य सम्झिदै आँसु पुछ्दै उनले भनिन्।, छोराको भविष्यको चिन्ताले सधैँ सताउँछ। उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो। रासस