Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

सार्वजनिक ठाउँमा सुर्ती, चुरोट खान निषेध : नियम पालना भएन

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खाएको पाइए एक सय रुपियाँ जरिबाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।

रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी हुने ठाउँमा नागरिकले खुलेआमरूपमा सुर्तीजन्य पदार्थ खाइरहेका पाइएको छ । कामपाका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगर प्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताउनुभयो ।

सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ–नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिबाना गर्ने बताइएको छ ।

कामपा नगर सभाको ११ औँ अधिवेशनले सार्वजनिक ठाउँमा धूम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com