Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेता बालुवाटारमा

असोज,१७ काठमाडौं । मङ्सिरमा हुने निर्वाचनको प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदका लागि सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन् ।

बिहान साढे ८ बजेदेखि बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले बताउनु भयो ।

‘हामी बिहान साढे ८ बजेदेखि छलफलमा छौ, आज टुंगो लगाउने भनिएको छ तर के हुन्छ हेरौँ’, सुमनले भने,‘ शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ ।’ सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com