Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

माओवादी केन्द्रका महासचिव गुरुङद्वारा लमजुङबाट उम्मेदवारी दर्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गुरुङले आइतबार दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उनी यसअघि एमालेसँगको गठबन्धनबाट प्रतिनिधि सभाकै उम्मेदवार बन्दै भारी मतले विजयी भएका थिए।
यसपटक नेपाली कांग्रेस लगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्त रूपमा उम्मेदवारी दिएका छन्।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com