दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित
दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ ।
देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरूको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ ।
‘बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पुर्याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन्,’ प्रतिवेदनमा लेखिएको छ ।
बाढीले भौतिक संरचनाहरूमा क्षति पुर्याएपछि यातायात, विद्युत्, सञ्चार, खानेपानीलगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् ।
युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु शहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरूले जनाएका छन् ।
बाढीका कारण हजारौँ मानिस विस्थापित समेत भएका छन् भने उनीहरूलाई विभिन्न अस्थायी शिविरहरूमा स्थानान्तरण गरिएको छ ।एजेन्सी