सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
कार्तिक,२ काठमाडौं । नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने माथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आज अदालतसँग अनुमति मागेको थियो। प्रहरीले सात दिनको म्याद मागेको थियो। तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए ।