सिंगुसले चिल्दा एक जनाको मृत्यु, ५ जना घाइते
कार्तिक,२ काठमाडौं । तनहुँको व्यास नगरपालिका-१ तालघारेमा सिंगुस भनिने सानो बारुलाले चिल्दा एक जानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास-११ का ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार सिंगुसले चिल्दा अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेमध्ये एक जना सदरमुकाम स्थित रत्नहरि अस्पताल र ४ जना दमौली अस्पतालमा उपचाररत छन् ।