Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको ओलीको दाबी

कात्तिक, ४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा जनताले गर्ने महाफैसला सही हुनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारलाई अदालतले हटाएको बताए ।

त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ, उनले भनेका छन्, त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन नेता कार्यकतालाई निर्देशन दियका छन ।

सत्तारुढ दलहरुले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम गरिरहेको उनको आरोप छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिता विपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए । उनले भने, अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौं । विना ढेउवा पनि भनेका छैनौं ।

उनले आफ्नो नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको दाबी गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com