गृहमन्त्री बालकृष्ण खाणसँग संघीय लिम्बुवान पार्टी नेपालको भेट
काठमाडौं ४ चैत गृहमन्त्री खाणसँग संघीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छन् । गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रीसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लागेका मुद्दा फिर्ताका लागि अनुरोध गरेका थिए ।
लिम्बुवानको प्रतिनिधिमण्डलमा पार्टी महासचिव सूर्य माखिम, उपमहासचिव विक्रम सुब्बा, पार्टीका जिल्ला इलाम अध्यक्ष शरण फागोलगायत थिए । उक्त पार्टीले यसअघि सोमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको वार्ता कमिटीसँग ६ पटक सम्वाद गरेको जानकारी गराएको थियो।