निर्वाचनमा केपी ओलीले ठूलो सजाय पाउनुपर्छ झलनाथ
५ चैत, काठमाडौं । नेकपा समाजवादीका झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले सजाय पाउनुपर्ने बताएका हुन ।
एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताएका छन ।
‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने,
कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताएका छन।