बझाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता पक्राउ
कार्तिक,२१ काठमाडौं । बझाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई सदरमुकाम चैनपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ परेका छन्। कमल थापा, विकास जप्रेल र जनक नामका नेता–कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।