१४ वर्षीया बालिका बलात्कृत
कार्तिक,२६ काठमाडौं । काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू स्तुपा जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।