Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

शीत लहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन गृहमन्त्री लामिछानेले दिए सिडिओहरूलाई निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीत लहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन।

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै शीत लहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन निर्देशन दिएका हुन।

आज मन्त्री लामिछानेले गृह मन्त्रालयबाट भर्चुअल बैठक गरी गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन पनि निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन।

मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएको उपाध्यायले जानकारी दिए।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गृह प्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिए लगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ।

यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन।
गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफूले गृह मन्त्रालय रोजेको यसअघि नै सार्वजनिक रुपमा बोलेका थिए। नागरिक दैनिक बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com