सन्दीप लामिछाने आज छुट्दै
पुष,२९ काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन् ।
उच्च अदालत पाटनले हिजो २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका छन् ।
लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।