राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमतलाई भोट दिने
चैत्र,३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीको उम्मेदवारलाई भोट दिने भएको छ।
आज बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय भएको एक सांसदले जानकारी दिए।
एक सांसदका अनुसार रास्वपाको पदाधिकारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो।
नयाँ उपराष्ट्रपति पदका लागि मतदान भइरहेको छ।
नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो।