जितनारायणले रविलाइ बधाइ दिदै भने – उहाँ अब मेरो पनि जनप्रतिनिधि हो
बैशाख,१२ काठमाडौं । चितवन २ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले अब रवि लामिछाने आफ्नो पनि जनप्रतिनिधि भएको बताएका छन् ।
मतगणना स्थल बाहिर रास्वपाका सभापति रवि लामिछानेलाई बधाई दिँदै श्रेष्ठले दलभन्दा माथि उठेर जनताको हक हितका लागि काम गर्न सुझाव पनि दिएका छन्
श्रेष्ठले कांग्रेस सच्चिएर अघि बढ्ने पनि बताए । हामीलाई सक्किने मन्जुर छैन । हामी सच्चिन्छौँ नै, उनले भने ।