पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । शनिबार लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एक समारोहबीच नगरलाई बालमैत्री घोषणा गरेका हुन् ।
बालमैत्री घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सरकारले प्रतिपक्ष दलसँग सहकार्य गरेर नै योजना तथा नीति अवलम्बन गरेको बताए ।