Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

काठमाडौं । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ ।

गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा पनि गीत ट्रेन्डिङको शीर्षस्थानमा छ । दुई सातामै यो गीतलाई दुई करोडभन्दा बढी पटक हेरिएको छ । दुई साताभित्रै दुई करोडभन्दा बढी पटक हेरिने गीतको समेत यसले रेकर्ड राखेको छ ।

सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर समावेश छ । सुदीप सागरले गीतको संयोजन गरेका हुन् । गीतमार्फत सपुतले गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी युवतीले भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेका छन् ।

यो गीत नारीद्वेषी रहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने गायक सपुतले चाहिं आफूले पितृसत्तात्मक सोचविरुद्ध गीत ल्याएको प्रष्टीकरण दिएका छन् । यो गीतपछि सपुत ‘बोल माया २’ र आफ्नै होम प्रोडक्सनको फिल्म निर्माणको तयारीमा छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ । अनलाइन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com