अमेरिकामा टोर्नाडोले यस वर्ष मात्र ६४ जनाको ज्यान लिइसक्यो

संयुक्त राज्य अमेरिकामा यस वर्ष ५ सय ५० पटक शक्तिशाली टोर्नाडो आँधी गइसकेको छ । टोर्नाडोलाई प्रकृतिको सबैभन्दा हिंस्रक आँधीको रूपमा पनि चिन्ने गरिन्छ ।
प्रतिघण्टा झण्डै ३ सय किलोमिटरको बेगमा हुइँकिने टोर्नाडो आँधीले यस वर्ष अमेरिकामा ६४ जनाको ज्यान लिइसकेको छ । अमेरिकाका १५ भन्दा बढी राज्यहरूमा यस वर्ष टोर्नाडोले आतंक मच्चाएको छ ।
शक्तिशाली हावाको भूमरी लिएर हिँड्ने टोर्नाडोले रुख उखेल्ने, घर तथा सवारीसाधन नै उडाइदिने सामर्थ्य राख्छ । अमेरिकाको फ्लोरिडामा हालै टोर्नाडोले एउटा कार नै उडाइदिएको छ ।
रोयटर्सले सार्वजनिक गरेको भिडियोमा फ्लोरिडाको पाल्मबिचनजिकै रहेको एउटा सडकमा कारलाई टोर्नाडोले उडाइदिएको देख्न सकिन्छ । यो भिडियोबाट पनि हामी थाहा पाउन सक्छौँ कि टोर्नाडो आँधी कति खतरनाक छ ।
यसपटक अमेरिकामा धेरैपटक टोर्नाडोले आतंक मच्चाएका भिडियोहरू सार्वजनिक भएका छन्, जहाँ सयौँ घर ध्वस्त भएको र पूर्वाधारहरूमा ठूलो क्षति पुगेको देख्न सकिन्छ । रोयटर्सको सहयोगमा