सर्लाहीको जिल्ला प्रशासन कार्यलयमा आगलागी
बैशाख,१९ काठमाडौंं । जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलगी भएको छ । विद्युत सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर,प्रिन्टर,स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।
आज बिहान करिब ५:४० बजेतिर विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले बताएको छ । आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति हुन नसकेको हो । छेउमै रहेको बारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो।