परराष्ट्र मन्त्रालमा कार्यरत कर्मचारी मृत फेला
बैशाख,२५ काठमाडौं । पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।
आज बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए ।
उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा हुन्।
उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन।