चटयाङमा परेर दार्चुलामा तीनजना घाइते
बैशाख,३१ काठमाडौं । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् । यार्सगुम्बा संकलन गरिरहेका माथि चटयाङ पर्दा ३ जना घाइते भएका हुन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।