पक्राउ पर्दा रक्सीले मातेका थिए टोपबहादुर रायमाझी
जेठ,१ काठमाडौं । प्रहरीले ११ दिनदेखि भागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हिजो राति पक्राउ गरेको छ । बुटवलबाट सम्पर्कविहीन भएका रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
उनलाई आज प्रहरीले अनुसन्धानको लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्नेछ । ११ दिनअघि नै प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरलाई फोन गरेर आफैँ प्रहरी कार्यालयमा पुग्ने बताएका उनी फरार भएका थिए ।
उनको खोजीका लागि प्रहरीको सीआईबीको टोली भारतको दिल्लीसम्म पुगेको थियो । तर, आइतबार राति उनलाई रक्सी खाएर झुम्मिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
.